दफा १६४
बन्धक बनाउन वा बाँधा राख्न नहुने

(१) कसैले कुनै व्यक्तिलाई कुनै पनि प्रकारको प्रतिफल बापत कमैया राख्न वा बन्धक बनाउन वा बाँधा राख्न वाबाँधाको हैसियतमा काममा लगाउन वा सो सरहको अन्य कुनै पनि प्रकारको व्यवहार गर्न वा गराउन हुँदैन ।
(२) उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई तीन वर्षदेखि सात वर्षसम्म कैद र तीस हजार रुपैयाँँदेखिएक लाख रुपैयाँँसम्म जरिबाना हुनेछ ।